झापा । नेकपा (एमाले) झापाले जिल्लाभर वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने तयारी थालेको छ। पार्टीले आगामी मंसिर २६ गते जिल्लाका १३१ वटै वडामा र पुस ४ गते १५ वटै पालिकामा अधिवेशन गर्ने तयारी गरेको हो।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार निर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै वडामा मंसिर २६ गते अधिवेशन हुनेछ। त्यसैगरी, पुस ४ गते जिल्लाका १५ वटै पालिकामा अधिवेशन आयोजना गरिनेछ।
अधिवेशनको तयारीस्वरूप पार्टीले आवश्यक संगठनात्मक तथा व्यवस्थापकीय काम अघि बढाएको सचिव कार्कीले जानकारी दिए। जिल्लाका सबै वडा र पालिकामा अधिवेशन सम्पन्न गर्ने गरी पार्टीले तयारीलाई प्राथमिकता दिएको उनको भनाइ छ।
वडा तथा पालिका अधिवेशनलाई एमालेले स्थानीय तहमा पार्टी संगठनको अवस्था समीक्षा गर्ने, सांगठनिक गतिविधिलाई थप व्यवस्थित बनाउने र नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। अधिवेशनले पार्टीको तल्लो तहसम्म संगठनलाई सक्रिय बनाउनुका साथै स्थानीय राजनीतिक गतिविधिमा थप प्रभावकारी बनाइने एमालेको तयारी छ।
झापामा १३१ वडा र १५ पालिकामा अधिवेशन सम्पन्न गर्ने तयारीसँगै एमालेको संगठनात्मक गतिविधि जिल्लाभर केन्द्रित हुने देखिएको छ। निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्न पार्टीले आवश्यक समन्वय र तयारी अघि बढाएको जनाएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



