सुन्दरहरैँचा :
मोरङको सुन्दरहरैँचामा सात वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ ।
सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेसँगै घटना बाहिरिएको हो ।पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञानबहादुर मगर रहेका छन् ।
मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



