झापा-इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश कमिटी बैठकले स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जिल्लाबाट आएका आकांक्षीहरु मध्येबाट ६ जनाको नाम केन्द्रमा पठाउने निर्णय भएको बताए । उनका अनुसार सोही क्षेत्रबाट निर्वाचित स्वर्गीय नेता नेम्वाङका छोरा सुहाङ, एमाले नेता बुद्धि खनाल,रविन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाललगायत छन् ।प्रदेशबाट सिफारिस भएको नामका आधारमा केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने उनले बताए । इलाम क्षेत्र नम्बर २ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । सोही निर्वाचनलाई लक्षित गरेर प्रदेश कमिटी बैठकले इलामसँग सीमा जोडिएका जिल्लाहरुबाट निर्वाचनका लागि सहयोग गर्ने निर्णय पनि भएको उनले बताए । एमालेले नै जितेको क्षेत्र भएका कारण गठबन्धन दलले पनि एमालेलाई नै सहयोग गर्ने भएका कारण निर्वाचन जित्नेगरी तयारी गर्ने निर्णय भएको उनले बताए ।बैठकले कोशी प्रदेश सरकार परिर्वातनका लागि पनि पहल गर्ने निर्णय गरेको खतिवडाले बताए ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



