चार दिनमा ५१ जना थपिए डेंगु सङ्क्रमित

ताजा समाचार स्वास्थ्य

झापा ।देशभरमा ५१ जना डेंगुका नयाँ सङ्क्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई ३ देखि ७) को अवधिमा ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर १ हजार ४ सय ८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई ३ मा १ हजार ४ सय ३२ डेंगु बिरामी थिए ।

हालसम्म देशभर ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *