गजल

ताजा समाचार साहित्य

प्रकाश लम्जेल

तिम्रो हिलचप्पल झुम्का र पाउजु त हाम्रो निशानी बनेको छ
महिला हिंसा बलात्कार र कानूनको नजरमा अञ्जानी बनेको छ
ब्याबस्था बदलियो कसैको अबस्था बदलियो तिम्रो दीनचर्य (२)
आफूलाई रङ्गाउने सिंगार्ने पूरुषहरुलाई आकर्षित गर्ने बानी बनेको छ ।
तिम्रो हिलचप्पल झुम्का र पाउजु त हाम्रो निशानी बनेको छ
मुस्लिम समुदायमा होस या हिन्दू सस्कारमा तिम्रो (२)
सन्तान उत्पादन र पूरुष उपभोग्य साधनको खानी बनेको छ
तिम्रो हिलचप्पल झुम्का र पाउजु त हाम्रो निशानी बनेको छ
महिला हिंसा बलात्कार र कानूनको नजरमा अञ्जानी बनेको छ
पृथ्बीको उपमा भन्ने नारीहरुलाई कृतिम भोग्य किन (२)
भाडो जस्तै आकार उस्तै लाग्ने पोखरीको पानी बनेको छ
तिम्रो हिलचप्पल झुम्का र पाउजु त हाम्रो निशानी बनेको छ
महिला हिंसा बलात्कार र कानूनको नजरमा अञ्जानी बनेको छ
(फाल्गुनन्द ६ पाँचथर )

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *