अत्यधिक गर्मीले साउदीको मक्कामा पाँच सय हजयात्रीको मृत्यु

अन्तर्राष्ट्रिय ताजा समाचार

काठमाडौ ।
साउदी अरबको मक्का मदिनामा हज गर्न गएका तीर्थयात्री मध्ये पाँच सय जनाको अत्यधिक गर्मी र तातो हावाका कारण मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ ।

वास्तविक तथ्यांक भने यसको दोब्बर हुनसक्ने रिपोर्टहरु सार्वजनिक भएका छन् । चर्को गर्मी र तातो हावाका कारण मक्का जाने मार्गमा ६ सय इजिप्टसियन तीर्थयात्रीको मात्रै मृत्यु भएको अनुमान गरिएको छ ।

प्रत्येक देशका अधिकारीहरुले दिएको तथ्यांक अनुसार हज यात्रका क्रममा १ सय ६५ जना इन्डोनेसियाली नागरिक मारिएका छन् । यसैगरी ९८ भारतीय, ७५ जोर्डन, ४९ ट्युनिसियाली, ३५ पाकिस्तानी, १४ मलेसियाली र ११ इरानीको मृत्यु भएको पुष्टि भएको छ ।

साथै २७ जोर्डनी अस्पताल भर्ना भएको र १४ जना अझै बेपत्ता रहेको जोर्डनको विदेश मन्त्रालयले जनाएको छ । साउदी अरब र इजिप्टले हजयात्रामा मृत्यु हुनेको तथ्यांक सार्वजनिक गर्न बाँकी छ । यसपछि वास्तविक तथ्यांक आउनेछ । यस वर्ष ४९ डिग्री सेल्सियससम्मको उच्च तापक्रमका बीच हजयात्रीहरुले तीर्थयात्रा गरेका थिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *