झापा/सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज भएकाे छ । श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले बुधबार एक सूचना जारी गर्दै कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज भएकाे जनाएकाे हाे ।
विभागकाे निर्णयअनुसार ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियनहरू खारेज भएका हुन् ।
विभागका अनुसार नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनकाे दर्ता खारेज भएकाे छ ।
यस्तै, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनकाे पनि दर्ता खारेज भएकाे छ ।
