झापा/चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटमा लिपुलेक नेपाली भूभाग भएको र चीन–भारतबीच हालै भएको व्यापारिक मार्ग सम्बन्धी सहमति आपत्तिजनक रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धीको महत्व स्मरण गराउँदै महाकाली नदीपूर्वको सम्पूर्ण भूभाग नेपालकै भएको प्रष्ट पारे। उनले नेपालको स्वीकृति बिना गरिएका कुनै पनि सहमति नेपालको सार्वभौमिकतामा प्रत्यक्ष चुनौती हुने चेतावनी दिएका छन्।
राष्ट्रपति सीले नेपालका पक्षमा चीन सधैं रहने र लिपुलेकसम्बन्धी विषय नेपाल–भारतबीच समाधान गर्नुपर्ने बताए। उनले नेपालको स्वीकृति बिना कुनै पनि सहमति लागू नगर्ने आश्वासन पनि दिए।
भेटमा सीमासम्बन्धी विवाद, पूर्वाधार विकास, व्यापारिक सहकार्य र आपसी विश्वास सुदृढीकरणबारे पनि छलफल भएको छ। विश्लेषकहरूले यसलाई नेपालको भू–राजनीतिक सन्तुलन र सार्वभौमिकता संरक्षणमा महत्वपूर्ण कदम मानेका छन्।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



