झापा/ बिर्तामोड – १ निवासी ९० वर्षीय ज्येष्ठ नागरिक राधादेवी खरेलले प्रेस चौतारी नेपाल, झापा द्वारा स्थापना गरिएको पत्रकार उपचार सहयोग कोषमा आज आफ्नो ९० औं जन्मोत्सवको अवसरमा नगद ५१ सय रुपैयाँ सहयोग गर्नुभएको छ।
उपचार कोषको संयोजक भीमा शिवाकोटीलाई रकम हस्तान्तरण गरिएको हो। उहाँका छोरा, बिर्तामोड १ का पूर्व जनप्रतिनिधि प्रेम खरेलले आमाले मिडिया क्षेत्रमा कार्यरत पत्रकारहरूको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले रकम हस्तान्तरण गर्नुभएको जानकारी दिनुभएको छ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, सहसचिव तिलक योञ्जन र कार्यसमिति सदस्य प्रकाश बानियाँले खरेल निवास पुगेर सहयोग प्राप्त गर्नुभएको थियो।
उपचार कोषमा विभिन्न अवसरमा योगदान जारी रहँदै आएको छ। शिवाकोटीका अनुसार, कोषको लक्ष्य यस कार्यकालमा १५ लाख रुपैयाँ संकलन गर्नु हो र हालसम्म ७ लाख रुपैयाँ जम्मा भइसकेको छ। कोषको व्याजबाट पत्रकारहरूको उपचारमा सहयोग पुर्याउने व्यवस्था गरिएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



