झापा/ नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट सटही कार्यक्रम घोषणा गरेको छ। बैंकले आज आइतबार सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट सटही गर्न सकिने जनाएको हो।
राष्ट्र बैंकका अनुसार मुद्रा व्यवस्थापन विभाग थापाथलीसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयहरूमा नोट सटही सुविधा उपलब्ध हुनेछ।
यससँगै राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन्।
यस वर्षको विजया दशमी असोज १६ गते परेको छ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



