दमक/झापाकाे दमकमा मुख्य कार्यालय रहेकाे मेची बहुउद्देश्यीय सहकारी संस्थामा नारायणप्रसाद भट्टराई पुन: अध्यक्ष चयन भएका छन् ।
संस्थाकाे साताैं कार्यकालका लागि भट्टराई पुन: अध्यक्ष चयन भएका हुन् । सहकारी बिभागकाे नाै सदस्यीय सञ्चालक समिति गठन गर्नुपर्ने निर्देशिका बमाेजिम भएकाे साधारणसभाले भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।
समितिकाे बरिष्ठ उपाध्यक्षमा पदम थापा, महिला उपाध्यक्षमा मिनाकुमारी काेईराला र सञ्चालक समितकाे सचिवमा राजेन्द्रप्रसाद दाहाल चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा काशीनाथ थपलिया, गणेशबहादुर तामाङ्ग, डिल्लीप्रसाद न्याैपाने, नर्वदा उप्रेती र सिता कार्की चयन भएका छन् । संस्थाकाे लेखासुपरिवेक्षण समिति संयाेजकमा हरिप्रसाद चापागाई तथा सदस्यमा कृष्णप्रसाद दाहाल र मञ्जुकुमारी फुयल चयन भएको निर्वाचन समितिका संयाेजक देबेन्द्र भण्डारीले जानकारी दिए ।
संस्थामा आवश्यक पदमा एकभन्दा बढी उम्मेदवारी नपरेपछि सर्वसम्मत नयाँ नेतृत्व चयन भएकाे बताइएकाे छ । झापा, माेरङ र इलाम कार्यक्षेत्र भएकाे सहकारीकाे गत आर्थिक बर्षकाे अन्त्य सम्ममा ८ दशमलब ९९ प्रतिशत शेयर सदस्य संख्या बृद्धि गरेकाे छ । शेयर पुँजी ६ दशमलब ७६ प्रतिशतले बृद्धि गरेकाे सहकारीकाे बचत २३ दशमलब ५२ प्रतिशतले बढाएकाे छ ।
१७ हजार बढी सदस्य रहेकाे सहकारीले गत आर्थिक बर्षमा ८ कराेड मुनाफा आर्जन गरेकाे जनाएकाे छ ।
