जेनजी आन्दोलनमा क्षतिग्रस्त दमक प्रहरी समिक्षालय भवन पुनर्निर्माण गरी सञ्चालनमा

ताजा समाचार मुख्य समाचार समाज

दमक । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय दमकअन्तर्गतको समिक्षालय भवन पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको छ। स्थानीय शैक्षिक परामर्श व्यवसायीहरूले करिब ६ लाख रुपैयाँ सहयोग जुटाएपछि सो भवनको पुनर्निर्माण सम्भव भएको हो।

दमक उद्योग वाणिज्य संघको सक्रिय पहलमा यस क्षेत्रका व्यवसायी तथा सहयोगी दाताहरूलाई समेटेर प्रहरी कार्यालय पुनर्निर्माण अभियान सञ्चालन गरिएको थियो। यही अभियान अन्तर्गत शैक्षिक परामर्श व्यवसायीहरूले शान्ति–सुरक्षालाई पहिलो प्राथमिकता मान्दै प्रहरी कार्यालय परिसरभित्र रहेको समिक्षालय भवन निर्माणमा आवश्यक रकम उपलब्ध गराएका थिए।

शनिबार आयोजित कार्यक्रममा शैक्षिक परामर्श व्यवसायीहरूको तर्फबाट दमक संयोजक चिरन न्यौपानेले पुनर्निर्मित भवन इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्साललाई औपचारिक रूपमा हस्तान्तरण गरे।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष तथा पुनर्निर्माण समितिका कोषाध्यक्ष गोपाल गुरागाईँ, पूर्वअध्यक्ष प्रकाश प्रसाईँ, शैक्षिक परामर्श व्यवसायीहरू तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *