काठमाडौँ, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५, राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा धान दिवसलाई हाम्रो उत्पादन र पसिनाको पर्व भन्दै, माटोको सुगन्ध, पानीमा पसिनाको पूजा र धानका बालाहरू झुलाउने सपना समेटिएको परम्परागत रोपाइँ संस्कृतिको स्मरण गर्नुभएको छ ।
बाल्यकालका रोपाइँको स्मृति उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण र प्रविधिको प्रयोग अपरिहार्य भएको स्पष्ट पार्नुभयो। “अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउने बाटोमा जानु पर्छ,” प्रधानमन्त्री ओलीको भनाई छ ।
उहाँले सरकारले ल्याएको कृषि आधुनिकीकरण कार्यक्रम मार्फत नेपाली कृषि प्रणालीलाई समृद्ध बनाउने अभियान अगाडि बढिरहेको जानकारी समेत दिनुभयो।
शुभकामना सन्देशको अन्त्यमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाऔँ। असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना।”
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



