दमक ÷ झापाको दमकमा रहेको ग्लोबल एजुकेसन एकेडेमी पछिल्लो समय झन झन लोकप्रिय बन्दै गएको छ।बिद्यालय प्रशासन र शिक्षकहरुको अथक प्रयासले ग्लोबल पूर्वका अभिभावक तथा बिद्यार्थीको पहिलो रोजाइ बन्न थालेकोछ।कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन हुने यस एकेडेमीमा करिव २६०० विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ११/१२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, मानविकी, कानुन र शिक्षाशास्त्र संकाय अध्यापन गराउदै आएको छ ।
किन रोज्छन त ग्लोबल ?
ग्लोबलले सैद्धान्तिक शिक्षाका साथसाथै अवलोकन र प्रयोगात्मक शिक्षालाई विषेश जोड दिएको कुरा विद्यालयका प्रिन्सिपल गुणराज अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यार्थीलाई घोकाएर मात्र पढाउनु भन्दा देखाएर पढाउँदा विद्यार्थीले छिटो सिक्छन् । यसरी सिकेको कुरा चिरस्थायी हुन्छ र आवश्यकता अनुसार विद्यार्थीले त्यसको प्रयोग गर्दछन् । ”
विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्दै विगत तीन वर्षदेखि विद्यालय स्मार्ट स्कुलको रुपमा कोशी प्रदेशमै परिचित भएको छ । हरेक विद्यार्थीहरूले माइ सेकेन्ड टिचर एप्लिकेसनको माध्यमबाट प्रत्येक विषयका विषयवस्तुहरू पटकपटक आफूलाई आवश्यक परेको बेला हेर्न सक्नेछन् ,विद्यार्थीहरूले नबुझेका कुराहरू सहज ढङ्गबाट बुझ्न सक्नेछन् जसले गर्दा विद्यार्थीहरूलाई अध्ययन गर्न सहज भएको छ ।
विद्यार्थीहरूको क्षमता विकासका साथसाथै जीवनोपयोगी सीप सिकाउने उद्देश्यका साथ विद्यालयले वार्षिक कार्यतालिका अनुसार नै कक्षा १ देखि १२ सम्म विभिन्न तालिमहरू दिँदै आएको छ । विद्यालयका विद्यार्थीहरू (३–१०) लाई “शिक्षासँगै सिप कार्यक्रम“ अन्तर्गत कोडिङ क्लास सञ्चालन गर्दै आएको छ । त्यसैगरी कक्षा ११/१२ का विद्यार्थीहरूलाई ING Skill Academy काठमाडौँको सहकार्यमा साइबर सेक्युरिटी, ए.आई उद्यमशिलता,इथिकल ह्याकिङ ,भ्लग प्रोग्रामिङ ,इन्टरनेसनल बिजनेस लगायतका विषयमा वार्षिक कार्य तालिका अनुसार तालिमका कार्यक्रमहरू साथै विद्यार्थीहरूलाई पढाइप्रति उत्प्रेरित बनाउने खालका मोटिभेसनल तालिमहरू पनि सञ्चालन गर्दैआएको छ । विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत फुटबल,भलिवल,क्रिकेट,बास्केटबल,कपडी जस्ता खेलकुदहरु कोचको निगरानीमा खेलाइने ब्यवस्था गरेको छ साथै विषयगत र खुल्ला हाजिरीजवाफ, सास्कृतिक कार्यक्रमहरु ब्यवस्थित रुपमा गर्दै आएको छ ।
यस्ता प्रकारकारको तालिम सञ्चालन गरिदिएर हामीलाई सिकाइका साथै आधुनिक प्रबिधिले दैनिक जीवनयापन गर्ने ,काम गर्ने शैलीमा सरल र सहज बनाइदिएको कुरा कक्षा १२ का छात्र उज्वल कोइराला बताउँछन्।
शैक्षिक गुणस्तर, शान्त वातावरण ,अनुभवी शिक्षक, अत्याधुनिक प्रविधि सहितको पुस्तकालय तथा सर्वसुलभ शिक्षा दिइरहेको यस एकाडेमीले गरिब तथा जेहनदार विद्यार्थीहरूलाई उनीहरुको अवस्थालाई मध्यनजर गर्दै शिक्षा ऐनले तोकेको भन्दा पनि झन्डै दोब्बर सङ्ख्यामा छात्रवृत्ति प्रदान गर्दै आएको कुरा प्राचार्य अधिकारीले बताउनुभयो ।
गत वर्षदेखि युके बोर्डको ACCA प्रोग्राम पनि सञ्चालन गरेको विद्यालयले आगामी दिनमा प्राविधिक शिक्षामा जोड दिने नयाँ नयाँ प्रोग्रामहरु ल्याउने व्यवस्थापन समिति अध्यक्ष इन्दिरा बस्नेतले जानकारी दिनुभयो ।
अभिभावकीय नेतृत्व तथा शैक्षिक गुणस्तर कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने क्षमता भएको व्यवस्थापनको टिमले गर्दा नै विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भई स्थानीय तहदेखि राष्ट्रिय स्तरमा समेत पुरस्कृत हुने गरेको छ ।






