दमकमा श्रीकृष्ण रथयात्रा सम्पन्न

ताजा समाचार समाज

दमक/ झापाको दमकमा  श्री कृष्ण जन्माष्टमीको अबसरमा मंगलबार श्री कृष्ण रथयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। 

विगतमा जस्तै यस वर्ष पनि भव्य रुपमा उक्त पर्व सम्पन्न भएको आयोजक समितिकी संयोजक रोहित आचर्यले बताउनु भयो ।

राधाकृष्ण मन्दिर दमक ७ मा औपचारिक कार्यक्रम पश्चात् रथयात्रालाई नगर परिक्रमा गराइएको थियो। सो अवसरमा विभिन्न किसिमका झाँकी , लाखेनाच, भजन किर्तन मण्डली र हजारौं भक्तजनहरु र्यालीमा सहभागी भएका थिए । 
रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भई हनुमान मन्दिर,पशुहाट पूर्व पश्चिम राजमार्ग, दमक चोक, फर्निचर लाइन पशुपति मन्दिर शंखधर सास्खा चोक, भृकुटी चोक,भानु भक्त चोक ,फाल्गुनन्द चोक हुदै पुन: राधा कृष्ण मन्दिरमा पुगेर समापन भएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *