दार्जीलिङका प्रेरणादायी वक्ता प्रिमउस भुटियाद्वारा लागुऔषध सचेतना कार्यक्रम

ताजा समाचार शिक्षा स्थानिय

दमक, झापा – दार्जीलिङका प्रेरणादायी वक्ता प्रिमउस भुटियाले आफैँ लागुऔषधको कुलतबाट निस्किएको अनुभव सुनाउँदै युवा पुस्तालाई यसबाट टाढा रहन आग्रह गरेका छन्। दमक नगरपालिका कार्यालयको सहकार्यमा युथ लिडर्स नेपालद्वारा आयोजित लागुऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै उनले लागुऔषधले जीवनका सबै महत्वपूर्ण पक्ष खोस्ने उल्लेख गरे।

उनले हिप्पी संस्कृतिको प्रभावका कारण आफू लागुऔषधको शिकार भएको स्मरण गर्दै नराम्रो सिकोले जीवन बर्बाद पार्न सक्ने चेतावनी दिए। साथै, लागुऔषधको कुलतमा फसेका युवालाई पुनः सही मार्गमा ल्याउन निरन्तर अभियान सञ्चालन गरिरहेको बताए।

दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले खुला सीमाका कारण लागुऔषध कारोबार तीव्र गतिमा बढ्दै गएको भन्दै यसले समाजमा गम्भीर असर पारिरहेको बताइन्। उनका अनुसार दमकमा चारवटा पुनर्स्थापना केन्द्र सञ्चालनमा रहेका छन्, जसमा महिलासहित थुप्रै व्यक्ति उपचाररत छन्। उनले विशेषगरी बालबालिका साथीभाइको लहैलहैमा लागुऔषधको कुलतमा पर्ने गरेको बताउँदै नगरपालिकाले शून्य सहनशीलतासहित लागुऔषध विरुद्ध अभियान सञ्चालन गरिरहेको जानकारी दिइन्।

देशका भविष्य निर्माता बालबालिकाले सानैदेखि लागुऔषधको हानिबारे सचेत हुनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए। कार्यक्रममा दमकका तीन विद्यालयका माध्यमिक तहका विद्यार्थी सहभागी भएका थिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *