पूर्वाञ्चल मन्टेश्वरीको१३ औ बार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन्न

ताजा समाचार शिक्षा

झापा/दमक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै गरेको पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कूलले विहिबार विभिन्न कार्यक्रम गरि आफ्नो १३ औ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसर पारेर स्कूलले आफनो नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा २०८० सालको परीक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुका साथैं विद्यार्थीहरुले विभिन्न गीत,नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । साथैं, स्कूलले अतिरिक्त कृयाकलापहरुमा विजयी हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको स्कूलका संस्थापक निर्देशक माधव भट्टराईले बताए । स्कूलकी प्रिन्सीपल सविता पोख्रेल भट्टराईको अध्यक्षता तथा दमक नगरपालिका युवा ,शिक्षा तथा खेलकुद शाखाका प्रमुख प्रवीण खड्काको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष हेमकुमारी कोइराला, शिक्षासेवी टंक पाठक, अभिभावकहरुको उल्लेखीय उपस्थिति रहेको थियो । वक्ताहरुले शैक्षिक क्षेत्रमा यस विद्यालयले पुरयाँउदैआएको योगदानको चर्चा गरेका थिए । २०६८ सालमा स्थापना भएको सो विद्यालयले गुणस्तरिय पठनपठनसहित अतिरिक्त कृयाकलापहरुमा जोड दिदैं आएका कारण पनि विद्यार्थीहरुको दिनानुदिन आर्कषण बढ्दै गएको संस्थापक निर्देशक माधव भट्टराईले बताए । उनले विद्यालयलाई यहाँसम्म ल्याउन सहयोग पुरयाँउने स्थानीय सरकार, शिक्षासेवी, आम अभिभावकहरुको साथ र सहयोग प्राप्त भएको भन्दै धन्यवाद दिएका छन् । मन्टेश्वरीदेखि कक्षा ६ सम्म पठनपाठन हुदैआएको यस विद्यालयमा अहिले ३ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *