झापा ।
गोरखामा छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई जनाको ज्यान गएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटा चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षका मेष तामाङको र गोरखा नगरपालिका–१० छेवेटार दरौदी नदीमा पौडी खेल्ने क्रममा झापाको कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षका समीर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



