काँकडभिट्टा–लौकही सडक निर्माण विपद्जन्य घटना रोक्न ट्राफिक प्रहरीलाई निर्देशन ।—

ताजा समाचार समाज स्थानिय हाम्रो झापा

झापा ।
पूर्व–पश्चिम एसियन राजमार्ग निर्माणका क्रममा सडक दुर्घटना बढ्न सक्ने भन्दै विपद्जन्य घटना न्यूनीकरणका लागि छुट्टै कार्ययोजना बनाएर अघि बढ्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले काँकडभिट्टा– लौकही सडक खण्डको (पूर्वी खण्ड) निर्माणका क्रममा विपद्जन्य घटना हुन सक्ने भन्दै त्यसलाई न्यूनीकरणका लागि निर्माण व्यवसायीसँग समन्वय गरी काम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई निर्देशन दिइएको हो ।
सडक निर्माणका क्रममा कल्भर्ट, पुल लगायतका संरचना निर्माण गर्दा मनसुन याममा पानीको प्रवाह रोकिन सक्ने र विपद्जन्य घटना हुन सक्ने भएकाले त्यसलाई रोक्न छुट्टै कार्ययोजना बनाई काम गर्न निर्देशन दिइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनले सडक निर्माणका क्रममा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण र मनसुनका कारण पानीको बहाव बढेर हुन सक्ने दुर्घटना न्यूनीकरण लागि पहल गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको हो ।
काँकडभिट्टा–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *