नेकपा (एस)बाट इलाम २ को उम्मेदवारमा तीनजनाको नाम सिफारिस

ताजा समाचार निर्वाचन राजनीति

झापा — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारमा तीन जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको जिल्ला सचिवालयले जिल्ला सचिव हरिबाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेतको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सदस्य चेतन अधिकारीले जानकारी दिए ।
यसअघि नेकपा (एस)बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जिल्ला अध्यक्ष भक्त केसीसमेत उम्मेदवार बन्ने चर्चामा थिए । तर, खनाल र केसीलाई पार्टीले वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आउँदमात्रै अघि सार्न खोजेको थियो ।
नेकपा (एमाले)ले पार्टीको एकल उम्मेदवार घोषणा गरेपछि नेकपा (एस)ले खनाल र केसीलाई जिल्लाबाट सिफारिस नै नगरेको हो ।
इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । एमाले नेता सुवासचन्द्र नेम्बाङले चुनाव जितेको यो क्षेत्र गत भदौ २६ मा नेम्बाङको निधन भएपछि रिक्त छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *