झापा- पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन्।
इमरान खानको तहरीक–ए–इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।
आइतवार पाकिस्तानको संसद् न्याश्नल असेम्ब्लीमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी अयुबले ९२ मत प्राप्त गरे।
पाकिस्तानको आम निर्वाचन कुनै पनि दलको प्रस्ट बहुमत नआएपछि नयाँ प्रधानमन्त्री चयन गर्न हप्तौँ लागेको थियो।
निर्वाचनमा सबैभन्दा धेरै सिट जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दल पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



