एमाले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा भगवती न्यौपाने नियुक्त

ताजा समाचार राजनीति

झापा — नेकपा एमाले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा भगवती न्यौपाने नियुक्त हुनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं संयुक्त संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई दलको प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको हो । एमाले राष्ट्रियसभा दलका नेता देवेन्द्र दाहालका अनुसार न्यौपानेले भोलि देखि यो जिम्मेवारी सम्हाल्नुहुनेछ । राष्ट्रियसभामा प्रमुख सचेतकले दलका नेतासँगको परामर्शमा साँसदहरुलाई ह्पि जारी गर्ने ,बैठकका विषयहरु जानकारी गराउने, पार्टीको धारणा जानकारी गराउने,बोल्नका लागि समय उपलब्ध गराउने आदि भूमिका निर्वाह गर्नुपर्दछ । यसैगरी संसद भित्र संसदीय मर्यादाभित्र नभएका कुरा सचेत गराउने दायित्व पनि प्रमुख सचेतकको हुन्छ । राष्ट्रियसभाका अध्यक्षको नेतृत्वमा हुने कार्यव्यवस्था परामर्श समितीको सदस्यको रुपमा प्रमुख सचेतकले बैठकमा भाग लिने ,कहिले कुन कुन कहिले कुन विषयमा छलफल राख्ने,कुन कुन विधेयकहरु बैठकमा पेश हुदैछन् भन्ने जानकारी साँसदहरुलाई दिने भूमिका प्रमुख सचेतकको हुन्छ ।
हालका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठको समय अवधी आज देखि सकिएकोले उहाँको स्थानमा न्यौपानलेलाई जिम्मेवारी दिइएको हो । राष्ट्रियसभामा ६ वर्षे कायकालको रुपमा प्रवेश गर्नुभएकी तनुहँकी न्यौपानेको अब दुई वर्ष पदावधी बाँकी रहेको छ ।
नेकपा एमाले तनुहँको सचिव भइसक्नु भएकी न्यौपाने २०७४ को स्थानीय तहको निर्वाचनमा भानु नगरपालिकाको प्रमुख पदमा प्रतिष्पर्धा गर्नु भएको थियो । न्यौपानेलाई एमालेले २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित गरेर ल्याएको हो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *