नगर प्रमुख प्रसाईद्वारा पत्रकार उपचार कोषलाई ५१ हजार सहयोग

ताजा समाचार समाज


बिर्तामोड- प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ ।

नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गर्नु भएको हो । आज बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।

पत्रकार उपचार सहयोग कोषको संयोजक भीमा शिवाकोटी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ ।

प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा माघ २२ गते दोमुखामा आयोजित कार्यक्रममा नगर प्रमुख प्रसाईले सामाजिक एव् राजनीतिक व्यक्तित्व ज्ञानु प्रसाईको स्मृतिमा सहयोग रकम घोषणा गर्नु भएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *