फ्रीलेन्सर फोटोग्राफी नेपालको तदर्थ समिती गठन, अध्यक्षमा लिम्बू

सुचना प्रविधि स्थानिय

उर्लाबारी, 
झापा र मोरङमा स्वतन्त्र रुपमा काम गर्दै आएका फोटोग्राफर तथा डिजिटल कृयटरहरु एकजुट भएका छन।
आज झापाको दमकमा भएको एक कार्यक्रममा फ्रीलेन्सर फोटोग्राफी नेपालको तदर्थ समिति गठन गर्दै फ्रीलेन्सरहरु एकजुट भएको समितिले जानकारी दिएको छ।

समितिको अध्यक्षमा झापाका सुरुज लिम्बू चयन हुनुभएको छ भने उपाध्यक्षमा उर्लाबारीका पुजन दास रहनुभएको छ। सचिवमा कृष्ण थापा, कोषाध्यक्षमा करण दंगाल र सदस्यहरुमा अभिराज राई, शुसन तोलाङ्गी,प्रीतम सोनी रहेका छन।
तदर्थ समिती गठन भए संगै समितिले विभिन्न बिषयहरुमा छलफल गर्दै निम्न निर्णयहरु गरेको छ।
स्वतन्त्र रुपामा काम गर्दै आएका फोटोग्राफर तथा डिजिटल कृयटरहरुको न्युनतम पारिश्रमिक समितिले तोकेको छ। आफ्नो श्रोत साधन नभएका फोटोग्राफरको प्रतिदिनको ज्याला न्युनतम ४ हजार रुपैयाँ कायम गरिएको छ भने आफ्नै श्रोत साधन भएका फोटोग्राफर तथा डिजिटल कृयटरको न्युनतम पारिश्रमिक ८ हजार रुपैयाँ समितिले तोकेको छ।
स्टुडियो संचालकले फ्री-लेन्सरहरुलाई काम लगाउने तर उचित पारिश्रमिक नदिने र पाउनु पर्ने रकम नदिएर झुलाउने साथै काम पक्का गरेर अन्तिम समयमा काम नदिने गरेपछी समिति गठन गरेर अघि बढ्नुपर्ने अबस्था आएको समितिले जनाएको छ। समितिले फोटोग्राफर तथा डिजिटल कृयटरको हितमा काम गर्ने सस्थाका सचिव कृष्ण थापाले बताउनु भएको छ। कार्यक्रममा मोरङ झापाका ३५ जना फिलेन्सर फोटोग्राफरहरुको उपस्थिति रहेको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *