अस्ट्रेलिया,
यहि आउदो Feb 14 मा Wodden Westfield मा रहेको Hoyts Cinema मा चलचित्र हात्तीछापको Valentine Special रेड कार्पेट शो हुने भएकाले Canberra मा रहेमा सबै प्रेमिल जोडि तथा सबैलाई टिकट काटेर उपस्थित भईदिनुहुन आयोजक पार्टी टाईम नेपालले अनुरोध गरेको छ। सामाजिक बिषयबस्तुमा आधारित नेपाली कथानक चलचित्र हात्तीछाप अष्ट्रेलियाको राजधानी क्यानबेरामा शुक्रबारबाट प्रदर्शन गरिएको थियो ।
Red bird production को प्रस्तुति रहेको चलचित्रलाइ Party Time Nepal ले क्यानबेरामा प्रदर्शन गरेको थियो। यस चलचित्रको पहिलो शो Tuggeranong मा रहेको Limelight Cinema मा शुक्रवार सॉंझ प्रदर्शन गरिएको पार्टि टाइम नेपालका प्रशान्त प्रसॉंइले बताउनुभएको छ । नेपाली सिनेमालाई विदेशी बजारमा व्यवसायीक विस्तार गर्ने उदेश्यले सो चलचित्र प्रर्दशन गरिएको पार्टि टाइम नेपालले जनाएको छ ।
सिमोस सुनुवारद्वारा निर्देशित चलचित्रमा समाजका विभिन्न विषयवस्तु संगै भूकम्पको दृश्य समावेश गरिनुले पनि चलचित्रलाई थप रोमाञ्चित बनाएको छ। उक्त चलचित्र हेरेका दशर्कहरुले चलचित्रको विषयबस्तु सामाजिक राजनितीक र भुकम्पको समयको ब्याख्या गरिएकाले चलचित्र निकै नै राम्रो रहेको बताएका थिए ।
विदेशमा रहेका नेपालीहरुले स्वदेशी चलचित्र हेर्न पाउने र नेपाली चलचित्रको बजार विस्तारमा थप टेवा पुर्याउन प्रर्दशन गरिएको जनाइएको छ। आफना बिशेष साथिहरुलाइ रेड कार्पेटमा हात समाएर हिड्ने अवसर नगुमाउन पनि आयोजक Party Time Nepal का अमृत पौडेलले अनुरोध गर्नुभएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



