प्रचण्ड–ओली भेटवार्ता : के भयो कुराकानी?

ताजा समाचार राजनीति

झापा/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डसँग वार्ताको लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली सिंहदरबार पुगेका हुन्।

उनीहरुबीच मुख्य रुपमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ९टीआरसी०, बजेट अधिवेशन, संसदलाई दिने विजनेश लगायतका विषयमा छलफल भएको छ।

सो वार्तामा प्रचण्डले राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्षी मिलेर अघि बढ्नु पर्ने प्रस्ताव ओली समक्ष गरेका छन्।

त्यसक्रममा ओलीले आफ्नो पार्टीले उठाएका राष्ट्रिय इस्युहरु कार्यान्वयनको लागि भूमिका खेल्न प्रचण्डलाई आग्रह गरेका प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए।

ओलीले टीआरसी टुंगो लगाउने विषयमा आफू सकारात्मक रहेको जवाफ प्रचण्डलाई दिएका छन्। ‘हामी राष्ट्रिय मुद्दामा मिलेर जान तयार छौँ,’ बैठकमा ओलीको भनाई उद्धृत गर्दै आचार्यले भने।

प्रचण्ड र ओलीबीच सल्लाह भएरै आज भेटवार्ता भएको हो।

प्रधानमन्त्रीसँगको वार्ता सकेर निस्किएपछि सञ्चारकर्मीसँग एमाले अध्यक्ष ओलीले समसामयिक विषयमा कुरा भएको प्रतिक्रिया दिए।

‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा अलिक राम्ररी मिलाएर छिटै टुंग्याऔँ भन्ने विषयमा छफलफल भएको छ। यसमा एमालेको अडान कायमै छ,’ ओलीले भने।

‘टीआरसी बहुमतले किन पास गर्नु पर्‍यो ररु’ ओलीले भने, ‘त्यसलाई राम्रो बनाएर सहमतिले पास गराए भैगयो नि१’

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *