कोशी प्रदेश सरकारले खेलकुदलाई महत्त्वका साथ हेरेको छ :मुख्यमन्त्री कार्की

खेलकुद ताजा समाचार प्रदेश

दमक/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्वका साथ हेरेको बताउनुभएको छ । आज झापामा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना गरेको भलिवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार स्थापनाको पहिलो वर्षमा नै उच्च महत्वका साथ खेलकुद ऐन ल्याएर खेलकुद विकास बोर्ड गठन गरिएको बताउनुभयो । खेलकुद विकास बोर्डको माध्यमबाट खेलकुदका प्रतियोगिता र खेलकुदको विकास र खेलकुदका संरचनाहरु बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा खेलकुदका संरचनाहरु कम रहेका र भएका संरचना पनि स्तरीय नहुँदा विश्व खेलकुद जगतमा अपेक्षाकृत सफलता पाउन नसकेको मुख्यमन्त्री कार्कीले बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले खेलकुदमा भविष्य नदेखेर खेलाडीहरु पलायान भइरहेको नजिकबाट हेरेर त्यसलाई पनि समाधान गर्ने गरी काम अघि बढाएको जानकारी दिनुभयो। खेलाडीहरुको वृत्ति विकास गर्न र खेलाडीहरुको जीवन निर्वाहको कुरा खेलकुदको विकाससँग सँगै गर्नु पर्ने उहाँले उल्लेख गर्नुभयो। । मुख्यमन्त्री कार्कीले राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलको विकास गर्न प्रदेशमा इन्डोर प्रतियोगता गर्ने गरी संरचना तयार गरिने जानकारी दिनुभयो । उहाँले यो वर्षमा जग्गा प्राप्तिको काम भएको र अर्काे आर्थिक वर्षबाट संरचना निर्माणको काम गरिने बताउनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *