झापाको पहिलो विद्युत उत्पादन गृह झापा इनर्जी’को उद्घाटन ओलीले गर्ने

Share

झापा – सौर्य परियोजनाहरूमध्येको ठूलो ‘झापा इनर्जी’को नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको परियोजनाका सञ्चालकहरूले जनाएका छन् ।

यो झापाको पहिलो विद्युत उत्पादन गृह हो । शिवसताक्षी- ४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा मेन ग्रिडमा जडान भइसकेको छ ।

उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित विजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइरहेको परियोजनाका सञ्चालक सुवास भट्टराईले बताए ।

परियोजनामा ८० करोड लगानी छ भने २७ बिगाहा जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ ।

आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मै विद्युत खरिद, बिक्री प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो ।

झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवासहितको सक्रियतामा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास २०७८ सालमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए ।

कम्पनीका अध्यक्ष साँवाले नेपालमा विद्युत ऊर्जा उत्पादनको ११४ बर्षमा तीन हजार मेगावाट मात्र उत्पादन भइरहेको भन्दै यो प्लान्टले नेपालको ऊर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दावी गरे ।

नेपाल  विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परीक्षण प्रसारणको ३५ दिनमा ८ लाखबाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाए । उनले हाल ६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप भए पनि मौसम सफा भएको समयमा १० मेगावाट उत्पादन हुने बताए ।

ताजा समाचार