झापा ।‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । जस अन्तर्गत दमक नगरपालिका कार्यालयको आयोजनामा विभिन्न संघ संस्था तथा सरोकारवालाहरु सहभागि र्यालीले दमक चोक परिक्रमा गरेको छ ।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवसको सार्थकताका लागि सरोकारवालाहरुले सबैको सहकार्यमा लैगिक हिंसा अन्त्य गर्न जुट्नु पर्ने धारणा राखेका छन् । ¥यालीपछि दमक नगरपालिका कार्यालय परिसरमा सभाको आयोजना गरिएको थियो ।
मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसको १६ दिने अभियानमा दमकका १० वटै वडामा सचेतनामूलक १८ वटा कार्यक्रम राखिएको जनाउँदै नगर प्रमुख रामकुमार थापाले लैगिंक आधारमा कसैमाथि पनि हिंसा हुन नहुने धारणा राख्नु भयो ।
यस्तै नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले कुनै पनि आधारमा नगरवासी हिंसा पर्न नहुने कुराको सचेतनाका लागि नगरपालिकाले कार्यक्रम तय गरिएको जनाउँदै हिंसाको अन्त्य आआफ्नो घरबाट हुनुपर्नेमा जोड दिनु भयो ।
नगरको सामाजिक विकास समिति संयोजक सारदा भट्टराईको अध्यक्षताको कार्यक्रममा उपश्थित ब्यक्तिहरुले महिला हिंसा अन्त्यको आवाज उठाउनु भयो । सो अवसरमा महिला समूहले पञ्चेबाजा प्रस्तुत गरेर आफ्ना सृजनशीलता प्रस्तुत गरेको थियो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ लैङ्गिक हिंसा विरुद्धको अभियानको राष्ट्रिय नारा तय गरेको छ भनें अन्तर्राष्ट्रिय नारा भने ‘बेइजिङ घोषणापत्र र कार्यान्वयनको ३० वर्षः महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ’ भन्ने रहेको छ ।
सन् १९९१ मा महिलाहरूको विश्वव्यापी नेतृत्व संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका १८७ देशहरूले यो अभियान सञ्चालन गर्दै आएका छन् । महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) मा सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) का दिन १६ दिने अभियान समापन हुने गरेको छ ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



