सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु

ताजा समाचार

झापा ।पूर्वपश्चिम राजमार्गस्थित इटहरीको बालग्राम चोकमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।
आइतबार दिउँसो इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा संखुवासभाको धर्मदेवी निवासी श्रीमान श्रीमतीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धर्मदेबी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान खुलिनसकेको सवारी साधनको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार भ्याजिक भ्यान र टिपर ओभरटेक गर्नेक्रममा मोटरसाइकल उक्त दुई सवारी साधनको बिचमा चेप्टिएर दुर्घटनामा परेको हो ।
दुर्घटनास्थल छेउमै रहेको सीसी क्यामेरा बिग्रिएकोले कुन सवारी साधनले मोटरसाइकललाई ठक्कर दिएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल आसपासमा रहेको अन्य सीसी क्यामेराको सहयोगमा घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *