अस्ट्रेलियाको राजधानी क्यान्बेरामा Himalayan Fest आयोजना हुने , Albatross र Cobweb को धमाकेदार प्रस्तुती

Share

अस्ट्रेलियाको राजधानी क्यान्बेरामा  MIMP अस्ट्रेलियाको प्रस्तुतीमा Himalayan Fest आयोजना हुने भएको छ। Albatross र Cobweb को प्रस्तुती रहने उक्त  कन्सर्ट  May 16 तारिख बिहीबार  साझ 7 बजे देखि  The Basement Canberra Belconnen मा हुने भएको छ र Special Guest को रुपमा भने Screamming Marionete को प्रस्तुति समेत रहने छ ।

MIMP अस्ट्रेलियाका आयोजक मन्दीप ज्ञवालीले  क्यन्बेरामा बस्ने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुलाई उक्त  कन्सर्टमा उपस्थिति भएर नेपाली ब्यान्डहरुलाई हौसला र प्रोत्साहन प्रदान गरिदिनहुन  समेत आनुरोध गर्नुभएको छ । Albatross का सृष्टि र दृष्टि , कहिलेकाहीँ , झरी को रात , अभिमान जस्ता चर्चित एल्बमहरु छन्  भने त्यस्तै cobweb  का मेरोलागि, हिंड्छु सधै, मार्यो नि जस्ता गीतहरु चर्चित छ्न । यस कन्सर्टलाई Powered by  को रूपमा  Right and Associates ले साथ दिएको छ भने  Media Partner को रूपमा  Avyukt Media रहेको छ।त्यसैगरी  यस कार्यक्रममा भने 18 बर्ष  भन्दा माथिका ब्यक्तिहरुले मात्रै प्रवेश गर्न पाउने समेत MMIP अस्ट्रेलियाले जनाएको छ ।

Get Tickets Here : Himalayan Fest Canberra Tickets at The Baso – Canberra (Belconnen, ACT) on Thursday, 16 May 2024 (oztix.com.au)

ताजा समाचार