रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले पनि मनायो सिड्नीमा नेपाली नयाँ वर्ष २०८१

मनोरञ्जन

सिड्नी/अष्ट्रेलिया – १३ अप्रिल २०२४ – रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले पनि मनायो सिड्नीमा नेपाली नयाँ वर्ष २०८१ रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन अप्रिल १३ तारिक शनिवार सिड्नी स्थित टेम्पी पार्कमा आयोजना गरेको ‘न्यु इयर सेलेवरेशन’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल, आइ सि सि पुर्व उपाध्यक्ष डा. विनोद श्रेष्ठ, एन आर एन ए अस्ट्रेलियाका पुर्व अध्यक्ष नन्दु गुरुगं, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष अच्युत थपलिया, एन ए डि एफका भीष्म भण्डारी , रुपन्देही सामाजिक संजाल अष्ट्रेलियालका पुर्व अध्यक्षहरु कृष्ण गैरे, इश्वर पोख्रेल, र मुक्तिराम पोख्रेल एवं एन आर एन ए अभियन्ता, अन्य सामाजिक संघ संस्थाबाट प्रतिनिधिहरु, नेपाली पत्रकारहरु , स्थानिय नेपाली र नेपाली अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा डि जे शुशिल को संगीत संयोजन गरेका थिए भने कलाकार जेनिशा गौतमले गीत र नृत्य प्रस्तुत गरेकि थिइन ।

कार्यक्रममा उपस्थित सबैलाई नेपाली नयां बर्षको शुभकामना ब्यक्त गर्दै रुपन्देही सामाजिक संजाल आस्ट्रेलियाका अध्यक्ष दिवाकर काफ्लेले स्वंय सेवकहरु, स्पोन्सरहरु, कलाकारहरु, पत्रकार, रक्डेल/कोग्रा नेपाली अविभावक समाज र सम्पुर्ण उपस्थित महानुभावहरुमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेका थिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *