रास्वपाको बैठक जारी

झापा/राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकका लागि ९ एजेन्डा तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए। केन्द्रीय कार्यालय वनस्थलीमा अपराह्न सवा ४ बजेदेखि बैठक शुरु भएको हो ।

Continue Reading

वैशाख १५ गतेदेखि विद्यालय सञ्चालनको तयारी

छापा /निजी विद्यालय सञ्चालकहरूले सरकारले बिनाकारण विद्यालय बन्द गरेर विद्यार्थीलाई बन्दी बनाइरहेको आरोप लगाएका छन् । सरकारले विद्यालय बन्द गराएर विद्यार्थी, अभिभावक र निजी विद्यालयको मात्रै नभई देशकै भविष्यमाथि खेलबाड गरेको उनीहरूको भनाइ थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन), नेसनल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स अर्गनाइजेसन नेपाल(एन प्याब्सन) र उच्च विद्यालय तथा माध्यमिक विद्यालय […]

Continue Reading

सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब

झापा/सरकारी कर्मचारीले अब १५ दिनमै तलब-भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी कर्मचारीलाई १५-१५ दिनमै तलब र भत्ता उपलब्ध गराउन परिपत्र जारी गरेको हो वैशाख ४ गतेको निर्णयमा मासिक रूपमा दिइँदै आएको तलबलाई अर्धमासिकरूपमा भुक्तानी गर्ने परिपाटीको सुरुवात गर्ने उल्लेख छ।

Continue Reading

गुणस्तरीय शिक्षाको भरोसा योग्य गन्तव्य : ग्लोबल एजुकेशनल एकेडेमी

दमक/ झापाको दमक–६ मा अवस्थित ग्लोबल एजुकेशनल एकेडेमी स्थानीय शैक्षिक तथा सामाजिक व्यक्तित्वहरूको पहलमा स्थापित एक प्रतिष्ठित शैक्षिक संस्था हो । स्थापना कालदेखि नै यस विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा होइन, सुसंस्कृत, सक्षम र जिम्मेवार नागरिक निर्माणलाई आफ्नो मूल उद्देश्य बनाउँदै आएको छ ।विद्यालयले आधुनिक शिक्षा, नैतिक संस्कार, सामाजिक चेतना र व्यवहारिक सीपलाई समेट्दै विद्यार्थीको […]

Continue Reading

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

झापा /सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने […]

Continue Reading

एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज, शल्यक्रिया सफल

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। नेकपा एमाले का अध्यक्ष ओलीको पत्थरीको सफल शल्यक्रिया पछि साँझ अस्पतालबाट घर फर्किएको उनको सचिवालयले जनाएको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Continue Reading

झापामा बस चढ्ने क्रममा दुर्घटना, एक गम्भीर घाइते

झापा,  झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान करिब ९:३० बजे सवारी दुर्घटना भएको छ।काकडभिट्टाबाट दमकतर्फ जाँदै गरेको मे १ ख ३०६८ नम्बरको यात्रुवाहक बसमा चढ्ने क्रममा दमक नगरपालिका–८ बस्ने ३५ वर्षीय निर्मल कार्की लड्दा बसको चक्काले उनको बाँया खुट्टा किचिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको दमकस्थित निम्स अस्पतालमा उपचार […]

Continue Reading

वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

झापा/प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ […]

Continue Reading

निर्माणाधीन लखनपुर स्वास्थ्य चौकीको अध्यक्षद्वारा अनुगमन

झापा — कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले निर्माणाधीन लखनपुर स्वास्थ्य चौकीको अनुगमन गर्नुभएको छ।अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहाल, स्वास्थ्य चौकी प्रमुख बिषर्जन मोक्तान तथा पूर्वाधार प्राविधिक शाखाका इन्जिनियर मणि कुमार लिम्बू लगायतको उपस्थिति रहेको थियो। अध्यक्ष राईले स्वास्थ्य चौकी भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको […]

Continue Reading

भ्रमपूर्ण समाचारप्रति वडा अध्यक्ष खनालको आपत्ति(पत्रसहित)

झापा । गौरादह नगरपालिका–५ नम्बर वडाका अध्यक्ष जगन्नाथ खनालले सामाजिक सञ्जालमा प्रकाशित  भएको भ्रमपूर्ण समाचारप्रति आपत्ति जनाएका छन्।२०८३ वैशाख १ गते सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै खनालले उक्त सामग्री असत्य, भ्रामक र कपोलकल्पित रहेको बताएका छन्। उनका अनुसार महारानीझोडा साना किसान कृषि सहकारी संस्था सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको आफ्नै विनियमअनुसार […]

Continue Reading