दमक/ झापाको दमक–६ मा अवस्थित ग्लोबल एजुकेशनल एकेडेमी स्थानीय शैक्षिक तथा सामाजिक व्यक्तित्वहरूको पहलमा स्थापित एक प्रतिष्ठित शैक्षिक संस्था हो । स्थापना कालदेखि नै यस विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा होइन, सुसंस्कृत, सक्षम र जिम्मेवार नागरिक निर्माणलाई आफ्नो मूल उद्देश्य बनाउँदै आएको छ ।
विद्यालयले आधुनिक शिक्षा, नैतिक संस्कार, सामाजिक चेतना र व्यवहारिक सीपलाई समेट्दै विद्यार्थीको समग्र विकासमा विशेष ध्यान दिँदै आएको छ । यही कारणले अभिभावक र समुदायमाझ यो संस्था विश्वासिलो नामका रूपमा स्थापित भएको छ ।
शैक्षिक उत्कृष्टतामा केन्द्रित
विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीका अनुसार यहाँ विद्यार्थीको रुचि, क्षमता र भविष्यको आवश्यकता अनुसार विविध विषयमा गुणस्तरीय पठनपाठन हुँदै आएको छ । विद्यालयमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, मानवीकी कानून जस्ता विश्वव्यापी माग भएका विषयहरू अध्ययन गराइन्छ ।
अनुभवी, दक्ष र प्रशिक्षित शिक्षकहरूको टोलीमार्फत नियमित कक्षा सञ्चालन, पाठ्यक्रमको पूर्ण कार्यान्वयन तथा विषयवस्तुको गहिरो बुझाइमा विशेष जोड दिइन्छ । विद्यालयको लक्ष्य केवल राम्रो नतिजा निकाल्नु मात्र नभई, विद्यार्थीमा तार्किक सोच, सिर्जनशीलता र आत्मविश्वास विकास गर्नु पनि रहेको छ ।
सुरक्षित, अनुशासित र बालमैत्री वातावरण
स्तरीय शिक्षासँगै सुरक्षित वातावरण विद्यालयको अर्को विशेषता हो । विद्यालय परिसर शान्त, सुरक्षित र अनुशासित छ । यस वोर्डीङ् स्कुलमा बालमैत्री अनुशासन प्रणालीमा पठन पाठन गर्ने गरिएको छ भने विद्यार्थीहरुलाई रमाएर सिक्ने वातावरवण सिर्जना गरिन्छ ।
आधुनिक पूर्वाधार र प्रविधिमैत्री सिकाइ
विद्यालयले आधुनिक भौतिक पूर्वाधारमार्फत सिकाइलाई थप प्रभावकारी बनाएको छ । वोर्डीङ् स्कुलमा रहेका सफा, उज्यालो र व्यवस्थित कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, खेलमैदान र खेल सामग्री, स्वच्छ खानेपानी र सफा शौचालय जस्ता सुविधाका कारण विद्यार्थीहरुले सहज रुपमा पठ्न र सिक्न पाउने गरेका छन्
संस्कार, संस्कृति र सामाजिक चेतनामा जोड
व्यवस्थापन समिति अध्यक्ष इन्दिरा बस्नेतका अनुसार विद्यालयले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै सामाजिक मूल्य, संस्कार र संस्कृति बारे पनि सचेत बनाउने काम गर्दै आएको छ । यस विद्यालयमा संस्कारमूलक कार्यक्रम, सामाजिक सचेतना अभियान, राष्ट्रिय दिवस तथा सांस्कृतिक कार्यक्रम, नेतृत्व विकास क्रियाकलाप, नियमित सञ्चालन गर्ने गरिएको छ । यसले विद्यार्थीलाई समाजप्रति जिम्मेवार र सचेत नागरिक बन्न प्रेरित गर्ने गरेको छ ।
अनुभवबाट सिक्ने अवसर
विद्यालयको अर्को महत्वपूर्ण विशेषता भनेको विद्यार्थीलाई कक्षाकोठा बाहिरको सिकाइ अनुभव प्रदान गर्नु हो । विद्यालयले समाजमा योगदान पुर्याएका व्यक्तित्वहरूसँग अन्तरक्रिया, प्रेरणादायी व्यक्तित्वका अनुभव सुन्ने अवसर, सभा, समारोह र शैक्षिक कार्यक्रममा सहभागिता, शैक्षिक भ्रमण र प्रत्यक्ष अवलोकन जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले विद्यार्थीलाई व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र भविष्यप्रति स्पष्ट दृष्टिकोण विकास गर्न सहयोग पुर्याएको छ ।
अभिभावकसँग सहकार्य र सम्वन्ध
विद्यालयले अभिभावकसँग नियमित समन्वयलाई पनि प्राथमिकता दिएको छ । अभिभावक–शिक्षक भेटघाट, प्रगति विवरणको पारदर्शी प्रस्तुति, सुझाव र समस्या समाधानमा सहकार्य, व्यवस्थापनमा उत्तरदायित्व, जस्ता अभ्यासले विद्यालयप्रति अभिभावकको भरोसा अझ मजबुत बनाएको छ ।
उत्कृष्ट गन्तव्य
आजको प्रतिस्पर्धी युगमा केवल किताबको ज्ञानले मात्र भविष्य सुरक्षित हुँदैन । त्यसका लागि आवश्यक हुन्छ । सही वातावरण, गुणस्तरीय शिक्षा, नैतिक मूल्य, प्रविधि, व्यवहारिक सीप र प्रेरणा जगाउन यस वोर्डीङ् स्कुलले विद्यार्थीहरुलाई उत्प्रेरीत पनि गर्ने गरेको छ । यी सबै पक्षलाई सन्तुलित रूपमा अघि बढाउँदै ग्लोबल एजुकेशनल एकेडेमी दमक क्षेत्रको एक उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ ।
केही तस्बिरहरु




