झापामा बस चढ्ने क्रममा दुर्घटना, एक गम्भीर घाइते

ताजा समाचार मुख्य समाचार

झापा,  झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान करिब ९:३० बजे सवारी दुर्घटना भएको छ।
काकडभिट्टाबाट दमकतर्फ जाँदै गरेको मे १ ख ३०६८ नम्बरको यात्रुवाहक बसमा चढ्ने क्रममा दमक नगरपालिका–८ बस्ने ३५ वर्षीय निर्मल कार्की लड्दा बसको चक्काले उनको बाँया खुट्टा किचिएको प्रहरीले जनाएको छ।


दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था बोल्न नसक्ने रहेको जनाइएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *