खराब वायु प्रदूषणको सूचीमा नेपाल आठौं,

सन् २०२३ मा विश्वका सबैभन्दा खराब वायु प्रदूषण रहेका देशको सूचीमा नेपाल आठौं स्थानमा परेको छ । स्विट्जरल्यान्डस्थित वायुको गुणस्तर मापनसम्बन्धी प्राविधिक कम्पनी आईक्यू एयरले आज जारी गरेको छैटौं विश्व वायु गुणस्तर प्रतिवेदनले यस्तो देखाएको हो ।विश्वका सबैभन्दा प्रदूषित देशको सूचीको पहिलो नम्बरमा बंगलादेश, दोस्रोमा पाकिस्तान र तेस्रोमा भारत छन् । यसैगरी बुर्किना फासो, इराक […]

Continue Reading

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

झापा-चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो। गएराति प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए। चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका […]

Continue Reading

एमाले जिल्ला अधिवेशनको प्रतिनिधि चयन हुदै (दमकबाट निर्वाचित सूची सहित)

झापा-नेकपा एमालेको एघारौ जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट धमाधम भइरहेको छ । प्रतिनिधि छनौट अधिकाशं स्थानमा सर्वसम्मत भएको छ भने केही स्थानमा भने निर्वाचन भइरहेको छ । नेकपा एमाले झापाका सचिव शिवकुमार ढुंगेलका अनुसार आजै सबै वडाबाट प्रतिनिधि छनौट भइसक्ने छन् । सर्वसहमति नभएका स्थानमा निर्वाचनका माध्यमबाट प्रतिनिधि चयन भइरहेको उनले जानकारी दिए ।झापाको दमकका […]

Continue Reading

पाँचथरको फालेलुङ सहित उच्च उच्च पहाडी र हिमाली क्षेत्रमा हिउ खस्यो,स्थानीय र पशुपालक खुसी

झापा-पाँचथरको फालेलुङ सहित उच्च पहाडी र हिमाली क्षेत्रमा आज विहानैदेखि हिउँ परिरहेको छ । बिहान करिब ७ बजेदेखि हिँउ पर्न थालेको हो । फालेलुङको चारराते, सुर्केथाम, फालौट, इलाम र पाँचथरको सिमावर्ती सन्दकपुर तथा याङवरकको चिवा भञ्ज्याङसहित ताप्लेजुङका उच्च पहाडी र हिमाली भेगसम्म हिउँ परिरहेको स्थानीयले बताएका छन् । फालेलुङमा यो वर्ष हिउँद मासमा पनि हिउ […]

Continue Reading

कोशी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना

झापा-हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस […]

Continue Reading

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

झापा-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा […]

Continue Reading

कनकाईका किसानले १ करोड रुपैयाँभन्दा धेरैकाे विषादीरहित तरकारी उत्पादन गरे

झापा — कनकाई नगरपालिकाका किसानले झण्डै एक करोड ५० लाख रुपैयाँ बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरपालिकाले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग गर्न थालेपछि किसानले तरकारी उत्पादन गरेका कनकाई नगरपालिकाका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिनुभयो । विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन हुन्छ भन्ने विश्वास किसानमा बढेको प्रमुख उप्रेतीले बताउनुभयो । […]

Continue Reading

५४ लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्ध खोप लगाए

सरकारले सञ्चालन गरेको बालबालिकाले खोप लगाइसकेका छन् । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिनुभयो । गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ […]

Continue Reading

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

झापा- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।यसअघि महरासँग आयोगले बयान […]

Continue Reading

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

झापा-मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी […]

Continue Reading