कोशी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना

ताजा समाचार

झापा-हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस प्रदेशका केही स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुनेछ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहेको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *