झापा-नेकपा एमालेको एघारौ जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट धमाधम भइरहेको छ । प्रतिनिधि छनौट अधिकाशं स्थानमा सर्वसम्मत भएको छ भने केही स्थानमा भने निर्वाचन भइरहेको छ ।
नेकपा एमाले झापाका सचिव शिवकुमार ढुंगेलका अनुसार आजै सबै वडाबाट प्रतिनिधि छनौट भइसक्ने छन् । सर्वसहमति नभएका स्थानमा निर्वाचनका माध्यमबाट प्रतिनिधि चयन भइरहेको उनले जानकारी दिए ।झापाको दमकका अधिकाशं वडाबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन् । दमक नगर कमिटी उपसचिव सन्तोष दुलालका अनुसार दमक ८ र २ बाहेक अन्यत्र प्रतिनिधि चयन सम्पन्न भइसकेको छ । ती दुबै स्थानमा सहमतिका लागि प्रयत्न भइरहेको छ ।दमकबाट निर्वाचित प्रतिनिधिहरु
दमक १
प्रेमप्रसाद कोइराला, गिरेन्द्र चम्लागाईँ, हरिप्रसाद न्यौपाने, भुमिका घिमिरे
दमक ३
गेहनाथ पोख्रेल, नविन बराल, चन्द्रप्रसाद गुरागाई, अस्मित लुइँटेल, देवका भूजेल, तुलसी पुरी
दमक ४
गिरिराज धिमाल, काजीमान पौडेल, गोविन्द श्रेष्ठ, रेनुका गड्तौला, एलिजा सिटौला
दमक ५
युवराज पौडेल(विवश), कमलप्रसाद दाहाल, होमराज खतिवडा, खड्गबहादुर राई,उर्मिला ओली, निर्मला भट्टराई
दमक ६
भगवान बस्नेत, कृष्ण अधिकारी, मुकुन्द आचार्य, टिका खतिवडा
दमक ७
गायत्रा लामिछाने, राधाकृष्ण आचार्य, जग्गनाथ लुइटेल
दमक ९
हिमा भट्टराई,खिनमाया पराजुली, महेन्द्र खड्का, समिन रिजाल, कुवेर भट्टराई
,दमक १०
चन्द्रबहादुर बिष्ट, मदन न्यौपाने, प्रेम चापागाई, कृष्णकुमारी न्यौपाने
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



