खराब वायु प्रदूषणको सूचीमा नेपाल आठौं,

ताजा समाचार

सन् २०२३ मा विश्वका सबैभन्दा खराब वायु प्रदूषण रहेका देशको सूचीमा नेपाल आठौं स्थानमा परेको छ । स्विट्जरल्यान्डस्थित वायुको गुणस्तर मापनसम्बन्धी प्राविधिक कम्पनी आईक्यू एयरले आज जारी गरेको छैटौं विश्व वायु गुणस्तर प्रतिवेदनले यस्तो देखाएको हो ।विश्वका सबैभन्दा प्रदूषित देशको सूचीको पहिलो नम्बरमा बंगलादेश, दोस्रोमा पाकिस्तान र तेस्रोमा भारत छन् । यसैगरी बुर्किना फासो, इराक र संयुक्त अरब इमिरेट्स क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन् । राजधानीमा भने काठमाडौं उक्त सूचीको २८४औं नम्बरमा छ ।विश्वका केवल सातवटा देशमा मात्रै वायुको गुणस्तर स्वस्थ अर्थात् विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभित्र पाइएको छ । विश्वका सर्वाधिक प्रदूषित सहरमध्ये चार त भारतकै छन् । तिनमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा कैयौं गुणा बढी प्रदूषण पाइएको जनाइएको छ ।

भारत बिहारको बेगुसराय सहर वर्ष २०२३ को सबैभन्दा बढी प्रदूषित महानगरका रुपमा देखिएको छ । राजधानी दिल्ली गुवाहटीपछि विश्वको तेस्रो सर्वाधिक प्रदूषित सहर बनेको छ ।बेगुसरायको वायुमा ‘पीएम टु प्वाइन्ट फाइभ’ को सघनता विश्व स्वास्थ्य संगठनले तोकेको गाइडलाइनभन्दा २३ गुणा बढी अर्थात् ११८.९ ‘माइक्रोग्राम्स प्रतिक्युबिक मिटर’ पाइएको रिपोर्टमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले पीएम टु प्वाइन्ट फाइभ कणको मात्रा वार्षिक ५ ‘माइक्रोग्राम प्रति क्युबिक मिटर’ हुनुपर्ने गाइडलाइन तोकेको छ ।यो अध्ययनले पीएम टु प्वाइन्ट फाइभ भनिने र मानिसको स्वास्थ्यलाई सर्वाधिक हानि पुर्याउने २.५ माइक्रोमिटर आकारका सूक्ष्म कणलाई आधार बनाएको थियो । ती कण फोक्सोमार्फत रक्तप्रवाहमा जान सक्ने र दम, मुटुरोग, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी अन्य रोग लगाउन सक्ने जनाइएको छ । पीएम टु प्वाइन्ट फाइभको वार्षिक औसत सघनताका आधारमा यो सूची तयार पारिएको हो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *