माघ २८ गतेदेखि ५औ दमक महोत्सव हुने

आर्थिक मनोरञ्जन समाज स्थानिय हाम्रो झापा

दमक/ झापाको दमकमा ५औ दमक महोत्सव सुरु हुने भएको छ । दमक नगरपालिका-७ स्थित सयपत्रि टोलमा यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म दमक महोत्सव सुरु हुने भएको हो । स्थानीय उत्पादनको विकास र बजारीकरणका लागि महोत्सव आयोजना गरिन लागिएको जनाइएको छ ।

आज भएको पत्रकार सम्मेलनमा महोत्सवले स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता, प्रविधि हस्तान्तरण तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तुको बजार प्रवर्द्धन गर्न,व्यापारिक क्षेत्रको विकास गर्ने ,बजार सबलिकरण गर्ने, इलम प्रशिक्षण केन्द्रको भौतिक पूर्वाधार निर्माण कार्यका लागी महोत्सव आयोजना गरिन लागिएको अध्यक्ष गोपाल गुरागाइले बताउनुभयो ।

दमक उद्योग वाणिज्य संघ दमकको आयोजनामा सुरु हुने महोत्सवमा ५ करोड सम्मको व्यापारिक कारोबार र १ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सव संयोजक राजु खडकाका अनुसार महोत्सवको बचत रकम इलम प्रशिक्षण केन्द्रको विकासमा लगानी हुनेछ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकार हरुको बेजोड प्रस्तुतिको साथै कृषि प्रर्दशनी , घरेलु उद्योगको प्रर्वद्धन , विद्यालयहरु बिच साँस्कृतिक कार्यक्रम ,लागू औषध समबन्धि सचेतना कार्यक्रम ,उत्कृष्ट स्टल, पुरस्कार ,स्थानीय भेषभुषाको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु वा सेवाको प्रर्दशनी खरिद बिक्रि ,अत्याधुनिक प्रविधीद्वfरा बाल उद्यान तथा खेल तमासा लगायतहरुको प्रदर्शनी रहेको प्रचार संयोजक तुलसीराम तिम्सिनाले बताउनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *