दर्जनौँ इटालेली किसानहरूले मङ्गलबार मिलान नजिकै ट्र्याक्टरहरूबाट विरोध प्रदर्शन गरेका छन् । यो किसानहरूको जीविकोपार्जनको डरले मुलुकभर साना प्रदर्शनहरूको शृङ्खलामा पछिल्लो प्रदर्शन हो ।
हालैका साताहरूमा सिसिलीबाट ट्रेन्टोसम्म अचनाक विरोध प्रदर्शन सुरु भएका छन् । सडकहरू अवरुद्ध गर्ने समाचार अहिले नियमित भएको छ । यद्यपि तिनीहरू अहिलेसम्म फ्रान्स, जर्मनी वा बेल्जियममा किसान प्रदर्शनको स्तरसम्म पुगेका छैनन् ।
“हामी युरोपले धोका दिएका सबै कुरा रोक्न तयार छौँ”, मिलान बाहिर मेलेग्नानो नजिकैको विरोध प्रदर्शनमा प्लेकार्डमा घोषणा गरिएको छ । प्रदर्शनकारीहरू युरोपेली सङ्घ(इयु)का नियमहरू, आफ्ना उत्पादनमा मुद्रास्फीति र करहरूको प्रभावलाई लिएर असन्तुष्ट छन् । उनीहरूले आफ्नो धरौटीलाई स्थगन गर्न माग गरेका छन् ।
“युरोपले हामीमाथि यस्तो नियम थोपर्छ जसको कुनै अर्थ छैन, हामी अब जीविकोपार्जन गर्न सक्तैनौँ, हामी धेरै पैसा कमाउन चाहन्छौँ र आफ्ना उत्पादनहरूको मूल्य तिनीहरूको मूल्यअनुसार चाहन्छौँ”, उत्तरी इटालीमा विरोध प्रदर्शनका आयोजकमध्येको एक लुइसिटो नाल्डीले भने, “हामी थाकेका छौँ ।” उनका अनुसार परिस्थिति यति कठिन भइसकेको छ कि किसानहरूले आत्महत्या गरिरहेका छन् ।
उनले प्रधानमन्त्री जियोर्जिया मेलोनीको सरकारसँग भेट्न खोजिरहेको बताउनुभयो । “जे कारणले फ्रान्स, जर्मनी, पोल्यान्ड र रोमानियामा विरोध प्रदर्शन भइरहेको छ त्यही कारणले हामीले विरोध गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जबसम्म सरकारले हामीलाई रोममा आमन्त्रण गर्दैन तबसम्म विरोध प्रदर्शन जारी रहन्छ ।”
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



