गाजापट्टीमा ईजरायली आक्रमण : गहिरिँदो मानवीय संकट

एजेन्सी \ इजरायलले गत अक्टोबर ७ देखि लगातार हमासविरुद्ध गाजापट्टीमा गरेको हमलाका कारण त्यहाँ मानवीय संकट गहिरिएको छ । आक्रमणका कारण आधाभन्दा बढी भवनहरु ध्वस्त भएको तथ्यांक सार्वजनिक भएको छ । बीबीसीले गरेको नयाँ विश्लेषण अनुसार गाजाभरिका आवासीय क्षेत्रहरु ध्वस्त हुनुका साथै बजार र सडकहरु भग्नावशेषमा परिणत भएका छन् । गाजापट्टीमा १ लाख ७५ हजार भवनहरु […]

Continue Reading

समुदायमा कांग्रेस :आजबाट वडा तहमा संवाद हुदै

नेपाली कांग्रेसले बुधबारदेखि वडा संवाद शुरु गरेको छ । समुदायमा कांग्रेस अन्तर्गत पार्टीको निर्णयअनुसार बुधबारदेखि सबै कांग्रेस नेताहरु वडा सम्वादमा जुटेको महामन्त्री गगनकुमार थापाले बताएका छन् ।  उनले समुदायमा कांग्रेस अभियान अन्तर्गत नेताहरु, केन्द्रीय प्रतिनिधिहरु जिल्ला जिल्लामा गएको र अहिले १० जिल्ला बाहेकका (हिमाली जिल्ला बाहेक) ६७ जिल्लामा पठाएको बताए ।  जिल्लामा खटिएका प्रतिनिधिहरुले १३ देखि […]

Continue Reading

भारतको दिल्लीमा चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट

भारतको राजधानी दिल्लीमा आगलागीमा परि चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट भएका छन् । दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा हिजो आगलागी भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ । आगलागीका कारण गोदाममा राखेका गाडीहरू जलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  आगलागीमा परि नष्ट भएका गाडी स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र दुर्घटनामा संलग्न […]

Continue Reading

विश्वमै पहिलो पटक मानव मस्तिष्कमा ‘चिप’ प्रत्यारोपण

विश्वकै धनी व्यक्ति एलन मस्कले आफ्नो कम्पनी न्युरालिङ्कले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको दाबी गर्नुभएको छ । मस्कले पहिलो पटक मानिसमा वायरलेस ब्रेन चिप सफल प्रत्यारोपण गरेको बताउनुभएको बीबीसीले जनाएको छ । चिप प्रत्यारोपण गरिएका व्यक्ति निको हुँदै गइरहेका मस्कले जानकारी दिनुभएको छ । यो चिपको सहायताले व्यक्तिले सोचेकै भरमा फोन, कम्प्युटर वा अन्य […]

Continue Reading

रुस–युक्रेन युद्धकाबीच अमेरिकी हतियारको माग बढ्दो

रुसले युक्रेनमा आक्रमण गरेयता विश्व बजारमा अमेरिकी हातहतियारको माग बढेको छ । सन् २०२३ मा अमेरिकाले सीमापार बजारमा २ खर्ब ३८ अर्ब डलर बराबरको हतियार बेचेको छ । अमेरिकी सरकारको प्रत्यक्ष संलग्नतामा ८१ अर्ब डलरको हतियार बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले धेरै हो । बाँकी हतियार भने अमेरिकी रक्षा उपकरण […]

Continue Reading

सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल

झापा /दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ। सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपाल विश्वकपबाट बाहिरिने पक्का भएको हो। त्यसो त नेपालले सुपर सिक्सअन्तर्गत २ खेल खेल्ने तालिका छ। तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको ४ अंक मात्र हुन्छ भने […]

Continue Reading

झापा कारागारको व्यवस्थापकीय समस्या समाधानमा पहल गर्छु : सभामुख

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहोरमैला व्यवस्थापनका लागि पहल गर्ने बताएका छन् । झापा जिल्ला कारागारमा आज बन्दी विकास पुस्तकालयको २६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले क्षमताभन्दा बढी कैदीबन्दीका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने बताएका हुन् । उनले परिबन्धमा परेर कठोर जेलजीवन बिताउन बाध्य कैदीबन्दीले पाउनुपर्ने न्यूनतम सुविधामा नजरअन्दाज […]

Continue Reading

कोशी सरकारले ल्याएको अध्यादेशप्रति एमालेको असन्तुष्टि, समर्थन फिर्ता लिने चेतावनी

झापा / कोशी प्रदेश सभाका पदाधिकारीलाई सवारीसाधन सुविधा र पारिश्रमिक बढाउनेलगायत ऐन संशोधनका लागि ल्याएको अध्यादेश फिर्ता नगरे कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेले चेतावनी दिएको छ । मुख्यमन्त्री केदार कार्कीले आफू पदमा टिकिरहन एकै पटक सातवटा प्रदेश ऐन संशोधन गर्न अध्यादेश जारी गरेको भन्दै एमाले प्रदेश संसदीय दलले आपत्ति जनाएको हो । कोशी सरकारले शनिबार […]

Continue Reading

केपी ओली समकालीन राजनीतिका सर्वाधिक प्रतिभाशाली नेताः पूर्वराष्ट्रपति भण्डारी

झापा /पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गरेकी छन्। मंगलबार काठमाडौँमा आयोजित एक समारोहकाबीच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएकोसमेत बताइन्। पूर्वराष्ट्रपति भण्डारीले संसदमा गरेका भाषणहरु […]

Continue Reading

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय

झापा /पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो । आफूमाथि लागेको आरोप पूर्वप्रधानमन्त्री खानले अस्वीकार गर्दै राजनीतिबाट निर्देशित भएको बताएका छन् । भ्रष्टाचार आरोपमा ३ वर्षको जेल सजाय सुनाइएको खान […]

Continue Reading