पश्चिमी पाकिस्तानमा छ आतंककारीको मृत्यु

अन्तर्राष्ट्रिय

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा छ आतंककारी मारिएको एक अधिकारीले बताएका छन् । 

प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाई असफल बनाइदिएको बताए । 

उनले मध्य बोलान जिल्लामा हमलाका क्रममा छ आतंककारी मारिएको जानकारी दिए। मेडिकल उद्धार टोलीले हमलामा १३ सर्वसाधारण घाइते भएका र तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ । 

सशस्त्र पृथकतावादी समूह बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले हमलाको जिम्मेबारी लिएको छ । इस्लामाबाद दशकौँदेखि प्राकृतिक स्रोतहरूले समृद्ध पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादी गुटहरूसँग लडिरहेको छ ।

स्थानीय बासिन्दाहरूले बलुचिस्तान क्षेत्र पाकिस्तानको मानव विकास सूचकांकमा लगातार तल्लो स्थानमा रहेकाले आफूहरूलाई तेल र ग्यास भण्डारबाट सम्पत्तिको उचित हिस्सा प्राप्त नभएको बताएका छन् । 

अधिकार समूहहरूले जातीय बलुच नागरिकहरूमाथि सैन्य कारबाहीमा जबरजस्ती बेपत्ता र गैरन्यायिक हत्याहरू समावेश भएको बताएका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *