खोलामा डुबेर बालकको ज्यान गयो

झापा/पाँचथरको फालेलुङमा बुधबार  अपराहन्न खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फालेलुङ गाउँपालिका-५निवासी ११ वर्षीय दिप राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरिक्षक बिनालाल शाह तेलीले जानकारी दिए । उनका अनुसार फालेलुङ-५ मा रहेको कालिका माध्यमिक बिद्यालयमा कक्षा ६ मा अध्ययनरत राई स्कुल जान्छु भनि घरबाट निस्किएका थिए । […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य घट्यो

झापा/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । […]

Continue Reading

भोजपुरमा बाढीले बगाउँदा इर्खुवा हाइड्रो पावरका २ कामदार बेपत्ता

भोजपुर । अविरल वर्षका काराण भोजपुरको इर्खुवा खोलामा आएको बाढीले इर्खुवा हाइड्रो पावरका २ जना कामदारलाई बगाएर बेपत्ता बनाएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारस्थित रहेको इर्खुवा खोलामा राति साढे एक बजे आएको बाढीले सुतिरहेका २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । हाइड्रो निर्माणमा खटिएका कामदार बारबर्दिया […]

Continue Reading

बुहारी पढाउँदै गौरादह नगरपालिका

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीहरूलाई निःशुल्क स्नातक पढाउने गरेको छ । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसमा स्नातक पढ्ने बुहारीहरूलाई मासिक शुल्क तिरिदिने गरेको छ । नगरपालिकाले निम्न आर्थिक अवस्था भएका छात्रालाई समेत अध्ययन गर्नका लागि शुल्क तिरिदिने गरेको छ । नगर प्रमुख छत्रपति सुवेदीका अनुसार स्नातक तहसम्म महिलालाई शिक्षाको पहुँच वृद्धिका लागि यो कार्यक्रम ल्याइएको हो […]

Continue Reading

श्रम सचिवमा निरौला

काठमाडौ /श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मुकुन्द निरौलाको सरुवा भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा रहेका निरौलालाई सरकारले श्रममा पठाएको हो । संघीय मन्त्रालयको जिम्मेवारीमा आउनु अघि उनि उद्योग , वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारीमा थिए । निजामति प्रशासन क्षेत्रमा निरौला काविल प्रशासकको रुपमा चिनिन्छ ।

Continue Reading

सातवटै प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना

झापा/देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र […]

Continue Reading

मोटरसाइकल दुर्घटनामा २२ वर्षीय धनराजको मृत्यु

झापा/मोरङको उर्लाबारी नगरपालिका–९ खोपीडाँडास्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते भएका छन्।प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर आइतबार साँझ ६:३० बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराजको मृत्यु भएको इलाका प्रहरी […]

Continue Reading

कोशीमा कांग्रेसलाई मन्त्रीको नाम टुङ्ग्याउन सकस

झापा /कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । कोशीमा कांग्रेसले ४ मन्त्रालय पाएको छ । आकांक्षी धेरै हुँदा मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको हो । कांग्रेस स्रोतका अनुसार अनुसार ४ मध्ये दुई मन्त्री सभापति शेरबहादुर देउवा समूहबाट हुनेछन् । कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला […]

Continue Reading

इजरायल र हिजबुल्लाहबिचको युद्ध मध्यपूर्वमा फैलिने डर

झापा/आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणमा मारिएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौँ मानिस भेला भएका छन्। हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा खसेको थियो, जसमा १२ बालबालिका र किशोरको मृत्यु भएको थियो। इजरायलले गोलान हाइट्समा हिजबुल्लाहले आक्रमण गरेको आरोप लगाएको छ । तर हिजबुल्लाहले माजदल शम्सको ड्रुज सहरमा भएको रकेट आक्रमणको जिम्मेवारी लिन अस्वीकार […]

Continue Reading

आज साउनको दोस्रो सोमबारः शिवालयहरुमा दर्शनार्थीको घुइँचो

झापा/आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार […]

Continue Reading