झापा/पूर्वी नेपालबाट काठमाडौंसम्म लामो दुरीको यात्रामा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्स प्रा.लि. ले सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै नयाँ रुटमा दैनिक नियमित रात्रि बस सेवा सञ्चालनमा ल्याएको छ। यात्रुहरूको विश्वास, सहजता र सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै कम्पनीले हालसम्म काँकरभिट्टा,काठमाडौं, गौरिगञ्ज,काठमाडौं, धरान,काठमाडौं तथा विराटनगर,काठमाडौं रुटमा सफल सेवा सञ्चालन गरिसकेको छ।
यी रुटहरूमा यात्रुहरूको उल्लेखनीय साथ, विश्वास र सकारात्मक प्रतिक्रियापछि सिम्रीक यातायातले अब डाइनिया,रंगेली ,अमरदह,पथरी हुँदै काठमाडौं सम्म नयाँ सेवा विस्तार गरेको जनाएको छ। पूर्वी क्षेत्रका यात्रुहरूलाई राजधानीसँग थप सहज, व्यवस्थित र गुणस्तरीय यातायात सेवा जोड्ने उद्देश्यका साथ यो सेवा सुरु गरिएको कम्पनीको भनाइ छ।
सिम्रीक यातायातले “यात्रा होइन, यात्राको रमाइलो अनुभव बनाउँछौं” भन्ने आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्दै यात्रुलाई केवल गन्तव्यसम्म पुर्याउने मात्र नभई सुरक्षित, आरामदायी र स्मरणीय यात्रा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। कम्पनीका अनुसार बसहरूमा अन्तर्राष्ट्रिय स्तरका सुविधा समावेश गरिएका छन्, जसमा एसी तथा फ्यानको व्यवस्था, आरामदायी सोफा सिट, यात्राका क्रममा चिया तथा कफी सेवा, अनुभवी तथा दक्ष चालक, यात्रु–मैत्री व्यवहार, सिसिटिभीबाट निगरानी प्रणाली, सुपथ तथा सर्वसुलभ भाडादर, जिपियस ट्र्याकिङ प्रणालीमार्फत बसको अवस्थाबारे जानकारी लिन सकिने सुविधा, साथै सञ्चालकसँग सिधै सम्पर्क गर्न सकिने व्यवस्था समावेश छन्।
प्रविधिमैत्री सेवामा जोड दिँदै कम्पनीले टिकट बुकिङलाई सहज बनाउन आफ्नै Simrik App समेत सञ्चालनमा ल्याएको छ, जसमार्फत यात्रुहरूले सहज रूपमा टिकट सुरक्षित गर्न सक्नेछन्। यसले आधुनिक यात्रुहरूको आवश्यकता र समयको मागअनुसार सेवा थप व्यवस्थित बनाएको कम्पनीले विश्वास लिएको छ।
सिम्रीक यातायातका अनुसार सेवा विस्तारसँगै पूर्वी नेपालका विभिन्न स्थानका यात्रुहरूलाई राजधानी आवतजावतमा थप सुविधा पुग्नेछ भने सुरक्षित, भरपर्दो र गुणस्तरीय सार्वजनिक यातायातको विकल्प अझ मजबुत हुनेछ।
कम्पनीले एक पटक आफ्नो सेवा प्रयोग गरी अनुभव लिन आग्रह गर्दै आगामी यात्रामा यात्रु स्वयंले सिम्रीकलाई रोज्ने विश्वास व्यक्त गरेको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



