बालेनलाई जिताएकै मतदाता निस्किए उनी विरुद्ध सडकमा

Share


झापा/सुकुमबासी बस्तिमा डोजर चलाएर खालि गराउने क्रमका विरुद्ध झापा क्षेत्र नं. ५ का भुमिहिन सुकुमबासी आन्दोलित बनेका छन् । यहि क्षेत्र बाट गत निर्वाचनमा बालेन्द्र साह निर्वाचित हुनु भएको थियो । रास्वपाका वरिष्ठ नेता साहलाई त्यसै बेला भावि प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो । सोहि अनुसार उहाँ हाल झण्डै दुई तिहाई मत सहितको एकल सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री हुनुहुन्छ ।
प्रधानमन्त्री बालेन्द्र साहलाई निर्वाचित गराएको क्षेत्रमानै लगातार रुपमा सुकुमबासीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबार झापा ५ को मुख्य सहरी क्षेत्र दमकमा सुकुमबासीहरुले सरकार विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले अर्को बन्दोबस्त नमिलाई वर्षौ देखि बसोबास गरि रहेको ठाउँबाट सुरक्षाकर्मी र डोजर चलाएर उठीबास गराउन नहुने बताएका थिए । अखिल नेपाल सुकुमबासी संघको आयोजनामा निकालिएको र्‍यालीले नगरका विभिन्न क्षेत्रको परिक्रममा गरेको थियो ।
यस अघि झापा ५ मानै पर्ने कमल गाउँपालिकामा समेत सुकुमबासीहरुले जुलुश सहित विरोध प्रदर्शन गरेका थिए । भुमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुमबासीहरूले सोमबार विरोध र्‍याली प्रदर्शन सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।
झापाकै विर्तामोडमा पनि सुकुमबासीहरु आन्दोलित बनेका छन् । उनीहरु बसोबास गरि रहेको स्थानबाट जवरजस्ति उठाउनु खोज्न मानवीयता विपरीतको कार्य भएको समेत जनाएका थिए । सुुकुमबासी संयुक्त संघर्ष समितिले र्‍याली प्रदर्शन गरि स्थानीय सरकारलाई बसोबास गरेकै स्थानमो भुमि स्वामित्व दिलाउन समेत माग गरेका छन् ।


स्थानीय सरकारको साथ


झापा क्षेत्र नं. ५ का स्थानीय सरकारहरु संघीय सरकारको सुकुमबासी बस्तिमा डोजर चलाउने अभियानको विरुद्धमा उभिएका छन् । उनीहरुले सुकुमबासीहरुलाई उनीहरुको बस्तिमा डोजर नचलाउने भनेर आश्वस्त पनि पारेका छन् ।
दमक नगरपालिकाका मेयर रामकुमार थापाले त प्रहरी र प्रशासन कार्यालयबाट सुकुमबासीको विवरण उपलव्ध गराउन गरेको पत्राचार प्रति पनि आक्रोश व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘स्थानीय सरकार भनेको जननिर्वाचित निकाय हो, यो कुनै प्रशासन र प्रहरी मातहतको प्रहरी चौकी होईन । जनप्रतिनिधीमूलक निकायमा यस ढंगबाट पत्र पठाएर निर्देशन दिने काम बन्द गरियोस्, यो जनभावना विपरीत छ ।’ उनी आँफै सुकुमबासीहरुका बस्तिमा पुगेर समेत स्थानीय सरकारले कुनै पनि नागरिकको घरबास नउठाउने भन्दै आश्वस्त पार्दै आएका छन् ।
यस्तै यहि झापा ५ कै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पनि सुकुमबासीका बस्तिमा डोजर नचलाईने प्रष्ट पारेका छन् । विगतका आयोगले अपेक्षाकृत काम गर्न नसक्दा भुमिहिनहरु अधिकारबाट बञ्चित भएको उल्लेख गर्दै उनले लालपुर्जा दिलाउने तर्फ ध्यान दिन संघीय सरकारलाई आग्रह पनि गरेका छन् । गाउँपालिकाले सवै वडाहरुमा तथ्याङ्क लिने काम गरि रहेको भन्दै अध्यक्ष राईले पालिकाले हतारोमा र प्रतिकुल मौसमका बेला काँहि कतै पनि डोजर नचल्ने बताएका छन् ।

ताजा समाचार