प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् । प्रधानमन्त्रीको टोलीमा चीन भ्रमण […]

Continue Reading

कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी

झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।अन्तिम मतपरिणाम अनुसार ४९३ मत ल्याई उनी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार तुलाराम बस्नेतले ३५६ , नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७, माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ र राप्रपाका नारायण […]

Continue Reading

कनकाई–६ मा १५१३ मत खस्यो

झापा ।स्थानीय तह उपनिर्बाचन अन्र्तगत कनकाई–६ मा १५१३ मत खसेको छ ।२०५८ मतदातामा १५१३ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । चम्पापुर माध्यमिक विद्यालयमा रहेको दुई वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको नेपालले बताउनु भयो । निर्बाचन अधिकारी नेपालका अनुसार उक्र वडाको मतगणना आजै सम्पन्न गर्ने तयारी रहेको छ ।कनकाई नगरपालिका […]

Continue Reading

विश्व एड्स दिवस मनाइँदै: नेपालमा ९१ प्रतिशतले घट्यो एचआईभी संक्रमण

काठमाडौँ– ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष डिसेम्बर-१ लाई विश्व एड्स दिवसका रूपमा मनाउने गरिन्छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा  चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो। केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् […]

Continue Reading

स्थानीय तहका रिक्त ४१ पदमा उपनिर्वाचन सुरु, ३७६ उम्मेदवार मैदानमा

झापा ।स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन […]

Continue Reading

स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा

झापा ।आइतबार हुने स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।उपनिर्वाचन हुने स्थानीय तहका जिल्ला निर्वाचन कार्यालयहरूले सम्बन्धित स्थानीय तहमा खटिएका कर्मचारीहरूलाई ५८ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेका छन् । सुरक्षा संवदनशीलतालाई मध्यनजर गर्दै मतदान हुने अघिल्लो दिनदेखि नै वडा र पालिका सिल गर्ने तयारी छ । आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचार प्रसारको […]

Continue Reading

एसीसी यु—१९ एशिया कप : नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित

झापा ।एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ । श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७८ रनमा अलआउट भयो । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए । श्रीलङ्काका प्रभीन मनीषाले ३ विकेट लिए । यसअघि […]

Continue Reading

अष्ट्रेलियामा १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक पारित

सिड्नी ।अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । विधेयक पारित भएपछि भविष्यमा अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइनेछ । यो प्रतिबन्ध कम्तिमा १२ महिनापछि लागू हुनेछ । यदि प्राविधिक कम्पनीहरूले यो कानून पालन गरेनन् भने उनीहरूलाई ५ करोड अष्ट्रेलियाली डलर जरिवाना लगाइनेछ । युवाहरूलाई सामाजिक […]

Continue Reading

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक,नीतिगत व्यवस्थामा यथावत

झापा ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।केन्द्रिय बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामा कुनै पनि नीतिगत हेरफेर गरेको छैन । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामा पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ ।मौद्रिक नीतिमा गरेको नीतिगत दरलाई ५ प्रतिशत, निक्षेप संकलन दरलाई ३ प्रतिशत र बैंक दरलाई […]

Continue Reading

सताक्षीधाममा नवनिर्मित ८७ धाराको मुख्यमन्त्रीद्वारा  उद्घाटन

झापा ।झापाको शताक्षीधाममा नवनिर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । सताक्षीधाम आउने तीर्थालुका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको धाराको आज बिहीबार मुख्यमन्त्री कार्कीले उद्घाटन गर्नुभएको हो । धाराको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी सरकारले पर्यटन क्षेत्रको विकासका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो । २०८२ साललाई कोशी प्रदेश […]

Continue Reading