कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी

Share

झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार ४९३ मत ल्याई उनी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार तुलाराम बस्नेतले ३५६ , नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७, माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ र राप्रपाका नारायण निरौलाले २६ ,– नागरिक उन्मुक्ति पार्टीकी जमुना राजबंशीले ६,– मंगोल नेशनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले २ र जनमत पार्टीका शुकलाल राजबंशीले ९ मत ल्याएका छन् । कुल १५१३ मत खसेकोमा १५०६ मत सदर भएको थियो ।

ताजा समाचार