अष्ट्रेलियामा १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक पारित

अन्तर्राष्ट्रिय ताजा समाचार

सिड्नी ।अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । विधेयक पारित भएपछि भविष्यमा अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइनेछ ।

यो प्रतिबन्ध कम्तिमा १२ महिनापछि लागू हुनेछ । यदि प्राविधिक कम्पनीहरूले यो कानून पालन गरेनन् भने उनीहरूलाई ५ करोड अष्ट्रेलियाली डलर जरिवाना लगाइनेछ । युवाहरूलाई सामाजिक सञ्जालको खतराबाट जोगाउन यो कानुन आवश्यक भएको प्रधानमन्त्री एन्थोनी अल्बानीजले बताएका छन् ।

धेरै अभिभावकले पनि यो विधेयकमाथि सहमति जनाएका छन् । तर, यस कानूनका आलोचकहरूले भने यो प्रतिबन्ध कसरी काम गर्नेछ र यसले गोपनीयता अनि सामाजिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठाइरहेका छन् । यसअघि पनि विश्वका धेरै देशले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रयास गरेका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *