यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै

झापा /आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका […]

Continue Reading

स्ववियु चुनाव : त्रिदेव क्याम्पसमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल

झापा /त्रिदेव बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल देखिएको छ । विद्यार्थीहरूका बीचमा अनेरास्ववियुको प्रभाव बढ्दै गइरहेको विद्यार्थी नेताहरुले प्रतिक्रिया दिएका छन् । संगठनका उम्मेदवारहरूलाई व्यापक समर्थन मिलिरहेको दावी गरिएको छ ।अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन लामाले विशेष सभाको आयोजना गर्दै अध्यक्ष पदका लागि ईश्वर रिजालको उम्मेदवारी […]

Continue Reading

सुखानी पुगेका नेताले भने – एमाले बाहेक कसैले सहिदको सपना पुरा गर्न सक्दैन

झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ ।नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको […]

Continue Reading

झापा विद्रोहका ५० वर्षः देश र जनताले के पाए ?

गोपाल झापाली नेपालमा संगठित तथा संस्थागत कम्युनिष्ट आन्दोलनले ७ दशक नाघेको छ। पुष्पलालको नेतृत्वमा भारतको कलकत्तामा २००६ सालमा स्थापना भएको इतिहासदेखि हालसम्मको अवधि साढे ७ दशकको भएको छ। यस अवधिमा नेपालको कम्युनिष्ट आन्दोलनले के पायो र जनताले के पाए त ? यो बारम्बार उठि रहने प्रश्न हो। कम्युनिष्टहरु निरङ्कुश र तानाशाही हुन्छन् भन्ने भ्रमको पर्दा […]

Continue Reading

गौरादह-१ को अर्धवार्षिक साधारणसभा सम्पन्न

झापा/गौरादह नगरपालिका वडा नम्बर १ को अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ  । वडाले चालू आर्थिक वर्षका आयोजनाहरुको अवस्था बारे वडावासीलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाइमा वडाभित्रका विभिन्न संघ / संस्था प्रतिनिधि, टोल बिकास संस्था प्रतिनिधि लगायतको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा सरोकारवालाले राखेका जिज्ञासाहरुको जवाफ दिँदै नगर प्रमुख […]

Continue Reading

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलाई स्वागत, आजैदेखि कार्यभार ग्रहण

बिर्तामोड/बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आजदेखि कार्यभार सम्हाल्नु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आउनु भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यभार सम्हाल्नु भएको हो । प्रशासकीय अधिकृत मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रवक्ता वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ […]

Continue Reading

कूटनीतिमा कच्चा जेलेन्स्कीले गरेको महाभूल

चालबाजीको ठाउँमा स्टन्टबाजी गर्दा भएन सौदा जतिबेला युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की ओभल अफिसमा डोनाल्ड ट्रम्पसँग भिडिरहेका थिए, त्यतिबेला युक्रेनकी राजदूतले हातले मुख छोपिन्। यो निन्दाजनक प्रतिक्रिया थियो। एउटा अत्यन्त महत्त्वपूर्ण कूटनीतिक क्षण रणनीतिक विपत्तिमा बदलिएको सारा संसारले प्रत्यक्ष हेर्‍यो।जेलेन्स्की ठूलो आशा बोकेर वासिङ्टन आएका थिए। उनको उदेश्य थियो– अमेरिकासँग ऐतिहासिक खनिज सम्झौता गर्नु। यो सम्झौता […]

Continue Reading

स्ववियु निर्वाचनका लागि आज संघसंगठन दर्ता

झापा/आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको हो ।त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ/संगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको हो । त्यसपछि २१ फागुनमा मतदाता सूची […]

Continue Reading

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

झापा/घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमाक्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् । इलामको […]

Continue Reading

नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा गजेन्द्र आचार्य पुनः चयन

बिर्तामोड/नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा पुनः गजेन्द्र आचार्य चयन भएका छन् । विर्तामोडमा शनिवार सम्पन्न परिषदको ११औं जिल्ला अधिवेशनले वरिष्ठ अधिवक्ता आचार्यको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । ३१ सदस्यीय गठित जिल्ला कमिटीको उपाध्यक्षमा तुलसी प्रसाद निरौला, सचिवमा चन्द्र प्रकाश भट्टराई (सिपी), उपसचिवमा कविता पौड्याल र उमानाथ अधिकारी, कोषाध्यक्षमा खडानन्द गुराँगाई चयन भएकाछन् […]

Continue Reading